काठमाडौँ :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’सार्वजनिक गरिएको छ । प्रमोद खरेलको स्वर, हरि लम्सालको संगीत रहेको देशभक्ती गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, प्रदिप कुमार राई (ब्याकुल माइला), समाजसेवी अनुराधा कोइराला, ओलम्पियन खेलाडी दिपक बिष्ट, नैनसिंह महर, मिस पबि, अस्तिना महर, अनिमेश महर, सविना तामाङ लगायत फिचर्ड छन् ।
दशरथ सुनारको निर्देशनमा तयार भिडियोमा देश कसरी बन्न सक्छ भन्ने सपना र आशा बाँडिएको छ । ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय गानका रचयिता प्रदिप कुमार राई (ब्याकुल माइला)ले गीतको सार्वजनिक गरे । गीतकार महरले कांग्रेस एमालेको सरकार बनेकै बेलामा गीत सृजना गरिएको बताए । उनले भने, ‘जनतामा छाएको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्ने गरी कांग्रेस एमालेको सरकार बनेको थियो । त्यो सरकारले के गर्यो भने जनतामा आशाको सञ्चार हुन्छ ? भन्ने ट्रयाकमा लेखेको थिए ।’