काठमाडौं :
राजु गिरीको निर्देशनमा बन्ने फिल्म ‘डल्लेले इन्ट्रि मार्याे’को मुर्हत गरिएको छ। शनिबार भद्रकालीमा स्कृप्टको पुजा गर्दै फिल्मको मुर्हत गरिएको हो।निर्माण टिमले यो फिल्मको स्क्रिप्ट ५ वर्षमा तयार पारेको हो।
फिल्म ‘सतीदेवी’का लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेको यो फिल्मलाई राजु गिरीले निर्देशन गर्न लागेका हुन्। यो फिल्मको अन्तिम पटकथा ÷ संवाद लक्ष्मण सुवेदीले तयार पार्न ५ वर्ष लगाएका हुन्। निर्देशक गिरीका अनुसार यस फिल्मका कलाकारहरु भने छनोट हुन बाँकी रहेको छ। उनका अनुसार केहिदिनमा नै यस फिल्मका कलाकारहरु फाइनल हुनेछन्।
सौराह ,दोलखा चरिकोटमा खिचिने यो फिल्मको गीतमा बाबुल गिरी र रिमेश कुमार थापाले संगीत दिने छन् भने नृत्यनिर्देशकको काम विवेक थापाले पाएका छन्। यस फिल्मलाई आशिक बस्नेत,आर्दश बस्नेत र निर्मला बस्नेतले लगानी गर्न लागेका हुन्। निर्माण पक्षले यो फिल्मलाई आगामी तिहारको समयमा रिलिज गर्ने योजना बनाएको छ।