सुचना, समाचार र मनोरन्जन
Pdms

बल्छी छुटे, राजु फर्किए ‘मेरी बास्सै’मा,९२३ औं भागबाट होला त फेरि हाँसोको धमाका!

काठमाडौं :

झण्डै दुई दशकदेखि नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ले दर्जनौ हास्य कलाकार जन्माई सकेको छ। यो श्रृखंलाले जन्माएका हास्यकलाकार अहिले लाखौ लाखका गाडी चढ्ने भइसके। कतिपयले महँगो पारिश्रमिकमा समेत फिल्ममा काम गर्न थालेका छन्। तर यो श्रृंखला कोही बाहिरिदैमा र कोही भित्रदैमा फरक परेको छैन।

यो आफ्नै गतिमा अगाडि बढिरहेको छ। यसैबाट चर्चामा आएका केदार घिमिरे (माग्नेबुढा),सीताराम कट्टेल,कुञ्जना घिमिरे (सुन्तली),विल्सन विक्रम राईदेखिराजु पौडेल (राजु मास्टर),मरिचमान श्रेष्ठ चर्चित कलाकारहरु हुन्। कोही फिल्म निर्माण गर्ने भइसके भने कोही तयारीमा छन्। मरिचमा श्रेष्ठले आफ्नै लेखन तथा निर्देशनमा फिल्म ‘गोबर गणेश’ गर्दैछन्। यता माग्ने बुढा अहिलेसम्मकै महँगो कलाकारमा गनिएका छन्।

यस श्रृंखलाबाट ६ वर्षअघि बाहिरिएका राजु पौडेल पुन मेरी बास्सैमा फर्किएका छन्। यस श्रृंखलाको लेखन तथा निर्देशन गर्दै आएका उनी ६ वर्षअघि बाहिरिएका थिए। अब उनी आफैले ‘मेरी बास्सै’मा फर्किएपछि उनले लेखन तथा निर्देशनको जिम्मेवारी लिएका छन्। यो श्रृंखलाबाट बाहिरिदा सहकर्मी मरिचमान अर्थात बल्छीधुबे्रेसँगै बाहिरिएका थिए। तर पुन फर्किदा एक्लै प्रवेश गरेका छन्। बल्छीसँग ‘हल्ला रमाइलो’‘जुठे’मा काम गर्दागर्दै मनमुटाव चलेपछि आफै फेरि केहि श्रृखंलाको भाग चलाए। राम्रै चलिरहेको थियो। तर उनी अचानक यो श्रृंखलामा फर्किएपछि दर्शकलाई सरप्राइज हुने छ।

राजुले आउँदो साताबाट प्रसारण हुनेगरी ‘मेरी बास्सै’को लेखन र निर्देशन कार्यको जिम्मेवारी लिएका छन्। साथै, उनले पुरानै मास्टरकै भुमिकामा अभिनय पनि गर्नेछन्। जुन उनी सामेल भएको सुटिङको फोटोमा देखिन्छ। मिडिया हबको प्रस्तुतिमा निर्माण भएको यो श्रृंखलाको प्रसारण १९ औं वर्षमा चलिरहेको छ। ‘मेरी बास्सै’को ९२३ भागबाट राजुले जिम्मेवारी सम्हाल्नेछन्।

यो श्रृंखलामा राजुसहित अनिता बस्नेत, सविना आचार्य,रामचन्द्र अधिकारी,सुरवीर पण्डित, पल्पसा डंगोल, निरु खड्का, दीपेन्द्र तिमल्सिना,साया भण्डारी लगायतका कलाकारले अभिनय गर्दैछन्। ‘मेरी बास्सै’ हरेक मंगलबार साँझ नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ।

Leave A Reply

Your email address will not be published.