सुचना, समाचार र मनोरन्जन

राजुको ‘ईश्वर’मा माओत्से अनुबन्धित

काठमाडौं :

शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभमुहुर्त गरिएको फिल्म ‘ईश्वर’मा माओत्से गुरुङ अनुबन्धित भएका छन्। राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्ममा गुरुङ अनुबन्ध भएका हुन्।

Chaka Panja

यस अघि निर्माण टिमले सविन बास्तोला, पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा,  गीता अधिकारी लगायत कलाकारलाई अनुबन्धित गरेको थियो।यहि माघ २८ गतेबाट फ्लोरमा निस्कने फिल्म दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । यस फिल्मको पट्कथा एवंम् संवादलाई भोजराज देवकोटाले लेखेका हुन्।

लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने फिल्ममा हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व रहनेछ । फिल्ममा भिष्मराज फुलाराको गीत  हुने निर्देशक राजुले बताए।

Leave A Reply

Your email address will not be published.