सुचना, समाचार र मनोरन्जन

राजु लामा र द एन्जल्स ब्यान्डको नयाँ गीत “कति छन्” सार्वजनिक

काठमाडौं/

‘द एन्जल्स ब्यान्ड’ले ‘कति छन्’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेको छ। यस गीतमा ब्यान्डका प्रमुख गायक राजु लामाले स्वर दिएका छन्।

यस गीतको संगीत र शब्द स्व. सुनिल बर्देवाले तयार पारेका थिए। यो गीतले नेपाली संगीतप्रेमीहरूमाझ बर्देवाको योगदानलाई पुनः ताजगी स्मरण गराएको छ। गीतको भिडियोमा द एन्जल्स ब्यान्डका सदस्यहरूको प्रस्तुति रहेको छ, जसमा गायक राजु लामासँगै राजेश, बिकाश र ताशी रहेका छन्।

Pach Pandav

यो गीत आरएल डिजिटल रेकर्डिङ स्टुडियो, बाल्टिमोर, अमेरिकामा रेकर्ड गरिएको हो र भिडियो पनि अमेरिकामा नै तयार पारिएको छ। भिडियोको निर्देशन र छायांकन संगमले गरेका छन् भने ग्राफिक्सको काम बालकृष्ण श्रेष्ठले गरेका छन्। भिडियो सम्पादनमा अन्जय खड्का र बालकृष्ण श्रेष्ठले सहकार्य गरेका छन्। गायक लामाले भिडियोको अवधारणा तयार पारेका हुन्।

यो गीत स्वर्गीय सुनिल बर्देवा (गुरु बा) लाई श्रद्धाञ्जली स्वरूप समर्पित गरिएको गायाक लामाले बताए। बर्देवा नेपाली पप संगीतका चर्चित गायक, गीतकार, संगीत संयोजक र गिटारवादक थिए, जसले गिटारमा विशेष दक्षता हासिल गरेका थिए। उनका ‘गोरटो अनि उस्तै छ गली’ र ‘बिहानीमा’ जस्ता गीतहरू विशेष चर्चित छन्। बर्देवा सन् २०१६ मा ४४ वर्षको उमेरमा दिवंगत भएका थिए।

‘द एन्जल्स ब्यान्’ड नेपाली पप संगीतको क्षेत्रमा सन् १९९० मा स्थापित एक प्रतिष्ठित ब्यान्ड हो। सन् १९९१ मा पहिलो एल्बम ‘मौन जीवन’ सार्वजनिक गरेपछि, ब्यान्डले ‘द एन्जल्स २’, ‘द एन्जल्स ३’, ‘द एन्जल्स ४’ र ‘बेस्ट अफ द एन्जल्स’ जस्ता एल्बमहरू पनि प्रस्तुत गरेको थियो।

Leave A Reply

Your email address will not be published.