काठमाडौं :
विराज भट्ट अभिनित फिल्म ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’को टिजर सार्वजनिक भएको छ। एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको फिल्मको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ।
फिल्मको टिजरमा नायक विराज भट्टको यसअघि नदेखिएको एक्सन अवतार देख्न सकिन्छ। माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको टिजरले चैत्र २७ गते बक्स अफिसमा धमाका हुने संकेत गरेको छ। फिल्ममा विराजका साथमा सुशील श्रेष्ठ,दिव्या रायमाझी,सुपुष्पा भट्ट,आयुष सिंह ठकुरी,सुनिल थापा,प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ। टिजरमा यी सबै कलाकारहरुलाई देख्न सकिन्छ।

माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन् । राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेको यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवा अन्सारीको संगीत छ।
अभिमन्यू निरवी र समय थपलिया फिल्मका स्क्रिप्ट सल्लाहाकार हुन्। माइकल चन्दकै कथा र पटकथा रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन,काला चरणको व्याक ग्राउन्ड म्युजिक छ। साहिल खानले टिजर र ट्रेलर तयार पारेका हुन्।
यो फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीत सुपरहिट भइसकेको छ। यसैबिच, यो टिजरले पनि दर्शकको आक्रामक साथ पाउने विश्वास गरिएको छ।