सुचना, समाचार र मनोरन्जन

अर्थमन्त्री खनालद्वारा रातो पासपोर्ट फिर्ता

काठमाडौँ,

अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गर्नुभएको छ । उहाँले रातो पासपोर्ट फिर्ता गरेको बारेमा आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका हुन ।

आफूलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरेको उनको भनाइ छ ।

उहाँले अब आफू बिदा हुने क्रममा रहेको भन्दै आफूसँग सरकारी सम्पत्तिको नाममा एउटा रातो पासपोर्ट मात्रै रहेको र त्यो पनि फिर्ता गरेको बताए ।

Leave A Reply

Your email address will not be published.