सुचना, समाचार र मनोरन्जन

रामकुमार नेपाली–अमृत भारतीको ‘प्याउली’ सार्वजनिक

काठमाडौं : 

सर्जक रामकुमार नेपाली र अमृत भारतीको सहकार्यमा तयार भएको नयाँ गीत ‘प्याउली’ सार्वजनिक गरिएको छ। निरन्तर सिर्जना सार्वजनिक गर्दै आएका उनीहरूको नयाँ प्रस्तुति भिडियोसहित श्रोता–दर्शकसमक्ष आएको हो।

गीतमा लोकप्रिय गायक शम्भु बराईली र ‘नेपाल आइडल’ सिजन ६ की विजेता गङ्गा सोनामको स्वर रहेको छ। शब्द अमृत भारतीको, लय सङ्कलन शम्भु बराईलीको र संगीत संयोजन रामकुमार नेपालीले गरेका छन्। सार्वजनिक भिडियोमा लोमश शर्मा र आयुष्मा कार्कीले अभिनय गरेका छन्।

भारती पिक्चरको ब्यानरमा बनेको भिडियोमा छायांकन अविनाश श्रेष्ठ, सम्पादन प्रगति सुब्बा, श्रृंगार कविता तोलाङ्गे, कोरियोग्राफी प्रवेश घतानी र निर्देशन रामकुमार नेपालीको रहेको छ।

Leave A Reply

Your email address will not be published.