सुचना, समाचार र मनोरन्जन
jaar

लोकपपको रोमान्टिक भर्सनमा विकास राणाको ‘जाले माले रूमाल’

काठमाडौं :

उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास जंगबहादुर राणाले ‘जाले माले रूमाल’ गीतको भिडियो सार्वजनिक गरेका छन्। केशवराज चौलागाईको शब्द तथा संगीत, श्यामस्वेत रसाइलीले एरेन्ज गरेको गीतको भिडियोलाई सार्वजनिक गरेका हुन्।

लोकपपको रोमान्टिक भर्सनमा तयार पारिएको गीतमा सोल्टा र सोल्टिनी बिचकोमायाप्रेमको भावलाई प्रस्तुत गरिएको छ। चर्चित मोडेल अन्जली अधिकारी र सुनिल छेत्रीको अभिनय रहेको गीतमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र अमृत चापागाईको सम्पादन रहेको छ।

भिडियोलार्इ सुनिल छेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन्। उड्डयन क्षेत्रमा रहेका गीतकार राणा गायनमा पनि त्यतिकै सफल बनिरहेका छन्। उनले यसअघि दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन्।

Leave A Reply

Your email address will not be published.