Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- इभेन्ट बेटर ग्यालेक्सीका संस्थापक धीरज तण्डुकार बेलायतमा सम्मानित
- सिक्किममा पहिलोपटक गुञ्जनेछ नेपथ्य,‘सेलिब्रेट सिक्किम’ कन्सर्टको घोषणा
- ‘माया भनेकै यस्तो होला’मा प्रेम र बाध्यताको चेपुवामा दिल
- ‘रोड टु एभरेस्ट’ वृत्तचित्रको ट्रेलर सार्वजनिक, समुद्रदेखि सगरमाथासम्मको झलक
- पल र अन्जनाले सुरु गरे ‘यानीमाया’को छायांकन, फागुन ७ बाट रिलिज
- अनमोल र सुहानाको ‘ए मेरो हजुर ५’ शुभमुहूर्त
- पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार होः मन्त्री पौडेल
- राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
- ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’
- ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
बाग्लुङको तमानखोलामा श्रमदान गरेर बनाएको खेल मैदानलाई रङ्गशाला बनाइँदै
बागलुङ,
तमानखोला गाउँपालिका–३ तमान गाउँमा स्थानीयले २०६७ सालमा श्रमदान गरेर बनाएको खेलमैदानलाई रङ्गशालामा रुपान्तरणको प्रयास थालिएको छ ।
गाउँमा खेलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएपछि उक्त खेल मैदानलाई रङ्गशालाका विस्तार गर्न स्थानीय जुटेका छन् ।
रङ्गशाला निर्माणका लागि रु सात लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेर प्रारम्भ भएको रङ्गशाला निर्माणमा गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारबाट प्राप्त रु तीन करोड खर्च भइसकेको तमानखोला गाउँपालिका–३ का अध्यक्ष झकबहादुर बुढामगरले जानकारी दिनुभयो ।
हालसम्म रङ्गशालाको ७५ प्रतिशत काम पूरा भएको छ । जिल्ला फुटबल सङ्घका सदस्य प्रेम बुढामगरले तमान क्षेत्रमा वर्षौं अगाडिदेखि नै भलिबल, फुटबललगायत सानाठूला प्रतियोगिता हुने गरेका भए पनि रङ्गशालाको अभावमा खेल सञ्चालन गर्न आफूहरुले समस्या भोग्नुपरेको स्मरण गर्दै अब व्यवस्थित रुपमा प्रतियोगिता सञ्चालन गर्न सहज हुने बताउनुभयो ।
Prev Post