सुचना, समाचार र मनोरन्जन

राप्रपाका ४२ सांसदले दिए राजीनामा

काठमाडौँ,

राष्ट्रिय प्रजातन्त्र पार्टीको सङ्घ र प्रदेशका ४२ सांसदले राजीनामा दिएका छन् ।

राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ। यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको छ । आन्दोलनरत जेनजी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न राप्रपा सबैमा हार्दिक अपिल गर्दछ ।’

Leave A Reply

Your email address will not be published.