काठमाडौं :
भारतीय अभिनेत्री राशी खन्नाले आफ्नो व्यक्तिगत जीवनबारे नयाँ कुराको चर्चा गरेकी छन्। उनले भारतिय मिडियासँग कुराकानीमा आफु ब्रेकअपपछि डिप्रेसन पुगेको बताएकी हुन्। उनले ब्रेकअपपछि डिप्रेसन र तौलको सिकार हुनु परेको खुलासा गरेकी हुन्।
भारतिय मिडिया द टाइम्स अफ इन्डियाकाका अनुसार उनले हालै एक अन्तर्वार्तामा आफु जीवनको कठिन चरणमा पुगेको अवस्थाका बारेमा बोलेकी हुन्। उनले आफ्नो सम्बन्ध विच्छेदपछि मानसिक रूपमा निकै कमजोर भएको स्वीकार गरेकी छन्। उनले त्यस समयमा डिप्रेसनसँग जुध्नुपरेको र आफ्नो तौलका कारण पनि विभिन्न समस्या भोग्नुपरेको उल्लेख गरिन्।
राशीका अनुसार उक्त समय उनको करियरका लागि पनि चुनौतीपूर्ण थियो। मानसिक तनाव र आत्मविश्वासको कमीका कारण काममा ध्यान केन्द्रित गर्न कठिन भएको उनले बताएकी छन्। यद्यपि, समयसँगै आफूले ती समस्याहरू पार गर्दै पुनः काममा केन्द्रित भएको उनले बताइन्। अहिले आफू मानसिक रूपमा धेरै बलियो भएको र करियरमा पनि नयाँ ऊर्जा सहित अगाडि बढिरहेको राशीको भनाइ छ।