काठमाडौं :
बलिउड अभिनेता सलमान खान नयाँ सुपरहिरो फिल्ममा देखिने भएका छन्। हालै सलमानले भारतीय निर्देशकद्वय राज निदिमोरु र कृष्णा डीकेसँग भेट गर्दै नयाँ प्रोजेक्टका बारेमा छलफल भएको थियो। त्यो छलफलमा उनीहरुबीच सहकार्य गर्नेसम्म पुगेका छन्।
भारतिय मिडिया द इन्डिया टाइम्सका अनुसार
राज–डीकेले सलमानलाई वेब सिरिज द फ्यामिली म्यानका लागि प्रस्ताव गरेका हुन्। यो फिल्म सन् २००८ मा रिलिज भएको हलिउड सुपरहिरो फिल्म ह्यान्ककबाट प्रेरित भएर निर्माण गर्न लागिएको हो।
रिपोर्टअनुसार फिल्ममा सलमानले अवकाश लिन खोजिरहेको तर परिस्थितिले पुनः जिम्मेवारी सम्हाल्न बाध्य बनाइने सुपरहिरोको भूमिका निभाउने बताइएको छ। कथामा उनको भुमिका आफ्नो जिम्मेवारीबाट टाढा रहन चाहन्छ, तर परिस्थिति र कर्तव्यले उसलाई फेरि सोही मैदानमा फर्काउँछ। यो कथामा सलमान काम गर्न राजी भएका छन्। तर उनीहरुल यस कुरालाई बाहिर ल्याएका छैनन्। यद्यपि सलमानले पूर्ण स्क्रिप्ट सुनेपछि मात्र गर्ने वचन दिएको भारतिय मिडियामा उल्लेख छ।
हाल निर्देशकद्वय राज–डीकेले कथालाई सलमानको व्यक्तित्वअनुसार परिमार्जन गर्ने काम गरिरहेका छन्। आगामी अप्रिलमा फिल्मको औपचारिक न्यारेसन गरिने र बजेटबारे पनि सलमानलाई जानकारी गराइने निर्माण पक्षको भनाई छ। योजना अनुसार अघि बढेमा आगामी नोभेम्बर २०२६ बाट फिल्मको छायांकन सुरु हुनेछ।