पोखरा ।
रुकुमको भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि राष्ट्रिय युवा संघ नेपाल गण्डकीले स्वयम सेवक खटाएको छ । सुरज सिंह थापाको नेतृत्वमा १२ जना शुक्रबार रुकुम प्रस्थान गरेका छन् ।
कमिटिमा ओम थापा, मदन थापा, दिलिप थापा, सिजन थापा, रवि परियार (हागे),विशाल थापा, युवराज सेन (ठकुरी), दुर्गा बहादुर सिमल थापा, बसन थापा रहेका छन् । उनीहरुलाई नेकपा ऐमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्मा , केन्द्रिय सदस्य राजिव पहारी ,संगठनका प्रदेश संयोजक विकास अधिकारी र केन्द्रिय सदस्य सुवास सापकोटा लगायतले राष्ट्रिय झण्डा हस्तान्तरण गरेर बिदाई गरे ।
नेकपा एमालेका युवा नेता किरण पौडेलको नेतृत्वमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि करिब १ हजार १ सय स्वयंसेवक परिचालन गरिएको छ भने हालसम्म करिब ५ सय घर टहरा निर्माण गरिएको छ ।