Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मिर्गौला पीडितलाई मिस नेपाल आश्मा, नीति र त्रिसराको ३ लाख सहयोग
- जुनियर सुपरमोडेल इन्टरनेशनल नेपालको ग्रान्ड फिनाले तथा सम्मान एवं अवार्ड कार्यक्रम सम्पन्न
- नाटक ‘वीर गणेशमान’को प्रिमियर सम्पन्न, प्रजातन्त्रको मूल्य बुझ्न युवा पुस्ताले हेर्नैपर्ने गणेशमानका छोरा प्रकाशमान सिंहको जोड
- रेखाको ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारलाई सर्यो
- रेवान पोखराद्वारा ठूलाखेतमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ५० जना लाभान्वित
- कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन
- पोउवा संघमा उत्तममान बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी, ‘विधानअनुसार संघ चलाउँछु’
- ‘सफलमै छ असली स्वाद’ अभियानलाई थप प्रभावकारी बनाउँदै सुजल डेरी
- बाढीपीडितको साथमा जय श्री फुड्सः २५ लाख नगद र ५ हजार प्याकेट चिउरा सहयोग
- माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
रसुवा,
नेपाल र चीनबीच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा रु ४० अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ ।
रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म यस नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन् ।
यस नाकाबाट खासगरी सामग्रीमा तयारी पोसाक, जुत्ता–चप्पल, रोलकपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा, थर्मस, हाइड्रोपावरका उपकरण तथा विद्युतीय सवारीसाधनलगायत वस्तु आयात हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
रसुवागढी नाका प्राचीनकालदेखि नै नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक मार्गका रूपमा परिचित रहँदै आएको छ । लिच्छवी तथा मल्लकालदेखि नै व्यापारीले यही मार्ग प्रयोग गरी नुन, ऊन, जडीबुटी तथा अन्य सामग्रीको कारोबार गर्ने गरेको इतिहास छ । आधुनिक सडक सञ्जाल विस्तारसँगै रसुवागढी नाका अन्तरराष्ट्रिय व्यापारको महत्वपूर्ण केन्द्र बनेको हो ।
भन्सार कार्यालयका अनुसार यस अवधिमा नेपालबाट भने करिब रु ९० करोड मूल्य बराबरका वस्तु निर्यात भएको छ ।
उक्त नाकाबाट हुने आयात तथा निर्यातबाट चालु आर्थिक बर्षको हालसम्म रु १० अर्ब ८० करोड राजस्व सङ्कलन भएको निमित्त प्रमुख विकले जानकारी दिनुभयो ।
यसैबीच पछिल्लो समय विद्युतीय सवारीसाधनको जाँच पासका सम्बन्धमा उठेका प्रश्नबारे निमित्त प्रमुख विक भन्नुहुन्छ, “प्रचलित भन्सार ऐन तथा नियमावलीले पैठारीकर्तालाई अग्रिम रूपमा राजस्व बुझाउने सुविधा दिएको छ ।”
उहाँले तोकिएको प्रक्रियाअनुसार राजस्व सङ्कलन भएकाले राज्यलाई कुनै आर्थिक हानि–नोक्सानी नभएको स्पष्ट पार्नुभयो । रसुवागढी नाकाले मुलुकको राजस्व वृद्धि, व्यापार विस्तार तथा आर्थिक गतिविधि प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।