Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी
- ‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका
- ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय
- मनसुनमा घुम्ने रहर
- दर्शकलाई रुवाउने गीत ल्यायो फिल्म ‘हली’को निर्माण टिमले
- चार करोड रुपैयाँको लागतमा ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
- इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न
- “पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक
- प्रधानमन्त्रीको चासोले सेयर बजारमा आशा जाग्यो, सुधारको परीक्षा अझै बाँकी
- नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
एघार महिनामा बयालिस हजार पर्यटकले रसुवाको भ्रमण गरे
रसुवा,
प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको हिसाबले धनी एवं रमणीय लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
विशेषगरी पवित्र तीर्थस्थलको दर्शनसहित हिमाल तथा पहाडको सुन्दर दृश्य हेरी रमाउने र स्थानीय तामाङ समुदायको कला संस्कृतिको अवलोकन गर्ने उद्देश्यले पर्यटक रसुवा आउने गरेको देखिन्छ ।
चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रमा ४२ हजार २३० आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जका अभिलेखकर्ता रेञ्जर केशव ढौडारीका अनुसार स्वदेशी ३० हजार ७५० र बाँकी ११ हजार ४८० विदेशी नागरिक गत साउनदेखि जेठ मसान्तसम्ममा रसुवा जिल्ला घुम्न आएका हुन् । गत आर्थिक वर्ष रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या ३२ हजार ५९७ रहेको निकुञ्जले जनाएको छ ।
आन्तरिक पर्यटक लाङ्टाङतर्फको प्राकृतिक दृश्यको अवलोकनपछि गोसाइँकुण्डमा जलस्नान गरी फर्कने गर्दछन् । सङ्घीय राजधानी काठमाडौँबाट नजिक रहेको धार्मिक तथा पर्यटकीयस्थल रसुवामा विशेषगरी तीथयात्रुसहित युवायुवतीको घुम्न आउनेक्रम बढेको छ ।
निकुञ्जका अनुसार सोही अवधिमा आगन्तुक पर्यटक, वन पैदावार र हेलिकोप्टर अवतरण शुल्कबापत रु चार करोड ८१ लाख राजस्व सङ्कलन भएको छ । नेपालीलाई प्रतिव्यक्ति रु एक सय, ‘सार्क’ राष्ट्रका नागरिकलाई रु एक हजार ५०० र अन्य देशका पर्यटकलाई रु तीन हजारका दरले निकुञ्ज प्रवेश शुल्क लिने कानुनी व्यवस्था रहेबमोजिम उक्त रकम सङ्कलन भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।
यसैगरी, ‘मानसरोवर कैलास’ यात्राका लागि दुई हजार ९५२ जना रसुवागढी नाका हुँदै चीनतर्फ प्रस्थान गरेको स्थानीय अध्यागमन कार्यालयले बताएको छ ।
अध्यागमन कार्यालय घट्टेखोला रसुवागढीका प्रमुख लेखनाथ खतिवडाका अनुसार मानसरोवरका अतिरिक्त ८८५ जना तिब्बतको लाह्सा र १५९ जना चाइना एभरेष्टतर्फ प्रस्थान गरेका छन् ।