काठमाडौं :
गत कात्तिक ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’लाई बिदेशमा प्रदर्शन हुने भएका छन्। ७ करोड भन्दा माथीको व्यापार गरिसकेको यो फिल्मलाई निर्माण टिमले विदेशका विभिन्न शहरमा प्रदर्शन गर्न लागेको जानकारी दिएका छन्। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाका अनुसार बिहीबारबाट अष्ट्रेलिया र मध्यपूर्वका देशमा फिल्म प्रदर्शन हुन लागेको हो।
नीताले सामाजिक सञ्जालमार्फत विदेशका शहरमा आफुलाई पायक पर्ने ठाउँमा फिल्म हेर्न समेत आग्रह गरेकी छन्। यता अन्तराष्ट्रिय वितरक कम्पनी सेभेन सिज इन्टरटेन्मेन्टले अष्ट्रेलियाको ७ सहरका २१ वटा हलमा फिल्म रिलिज हुने जनाएको छ। त्यस्तै, बिहीबारबाटै मध्यपूर्वका देशहरु यूएई, कतार र बहराइनमा पनि फिल्म प्रदर्शन हुँदैछ। खाडी मुलुकमा गएका नेपाली दर्शकका लागि यी तीन देशका फिल्मले २३ वटा हलमा प्रदर्शन हुँदैछ। यता न्युजिल्याण्डमा पनि बिहीबारदेखि फिल्म प्रदर्शनमा आउने तयारीमा छ।
यो फिल्म भारतको ओटीटी राइट्स बिक्री भइसकेको छ भने ओभरसिज राइट्स, डिजिटल राइट्स र भारतका हलमा समेत प्रूदर्शन हुने निर्माणटिमले जानकारी दिइसकेको छ। त्यहाँको स्थानिय भाषा तेलुगु भर्सनमा समेत फिल्म प्रदर्शन गर्न लागिएको निर्माण पक्षको भनाई छ। यो सहित गरेर यो फिल्मले २१ करोड ग्रस गर्ने आँकडा निर्मात्री ढुङ्गानको छ। ६ करोड लगानीमा निर्माण भएको यो फिल्ममा नेपाल र भारतका चर्चित कलाकारहरुले अभिनय गरेका छन्।
चन्द्र पन्तको निर्देशन गरेको यो फिल्ममा नीतासहित हरिहर अधिकारी, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, किरण केसी, आदर्श मिश्रका साथै साउथबाट ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत र सुनिल वर्माको अभिनय छ।