सुचना, समाचार र मनोरन्जन

‘ह्रस्व दीर्घ’को १४ दिनको कमाई ८ करोड ५२ लाख,विदेशका हलमा समेत बढ्दैछ शो

काठमाडौं :

अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी दम्पतीले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ले ८ करोड ५२ लाख ग्रस कलेक्सन गरेको छ। हलमा प्रदर्शनको दुई हप्ता पूरा गरिसकेपछि निर्माण टिमले फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो।

Chaka Panja

शनिबार बिहान निर्मात्री नीताले फेसबुकमार्फत् सार्वजनिक गरेको कलेक्सन रिपोर्टमा फिल्मको १४ दिनको कमाई ८ करोड ५२ लाख उल्लेख गरिएको छ। । शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गरेको फिल्मले पहिलो हप्ता ५ करोड ५४ लाख,दोस्रो हप्तामा करिव ३ करोड कमाई गरेको हो। दोस्रो हप्तामा फिल्मले २ करोड ९८ लाख कमाएको छ।

अहिले पनि ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको तेस्रो हप्ता देशभर लगभग ५० शो पाएको छ। काठमाडौं भन्दा बाहिर नेपालगञ्ज र दाङमा फिल्मको व्यापार पछिल्लो समय पनि राम्रो बनिरहेको छ । ६ करोड लगानीमा निर्माण भएको यो फिल्मलाई विदेशमा समेत धमाधम प्रदर्शन भइरहेका छन्। क्यानडा,अष्ट्रेलियाका अलवा खाँडी मुलुकमा समेत फिल्म प्रदर्शन भइरहेका छन्।

चन्द्र पन्तको निर्देशनमा निर्माण भएको यो फिल्ममा नेपाली र भारतिय कलाकारहरुले अभिनय गरेका छन्। भारतिय फिल्मबाट प्रदीप रावत, ब्रह्मानन्दम, सुनिल बर्मा, अली र कबीर दुहन सिंह जस्ता चर्चित कलाकारहरुले अभिनय गरेका छन् । यता नेपाली कलाकारहरुमा नीता र हरिहरका अलवा विपना थापा, रेखा थापा, सञ्चिता लुइँटेल, आदर्श मिश्र,लक्ष्मी पौडेल,प्रशान्त ताम्राकार अगायतको अभिनय रहेको छ। फिल्मलाई बलिउडकै चर्चित छायाँकार कवीरलालले खिचेका हुन्। यो फिल्मको विदेशमाघ हुँदा निर्माता समेत रहेका नीता र हरिहर खुशी देखिएका छन्।

Leave A Reply

Your email address will not be published.