सुचना, समाचार र मनोरन्जन

‘जन्ते बाख्रो’बाट मुख्य भुमिकामा अभिनय गर्दै गरिमा

काठमाडौं :

डेब्यु फिल्म ‘लण्डन टू पेरिस’ र दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’मा सहायक अभिनेत्रीमा काम गरेकी गरिमा शर्माले मुख्य भुमिकामा फिल्म ‘जन्ते बाख्रो’मा काम गर्ने भएकी छन्। उनले दुई वटा फिल्ममा काम गर्दाको अनुभव बटुलेकी गरिमा यो फिल्मबाट मुख्य अभिनेत्री बन्न लागेकी हुन्। शुक्रबार उनीसँग फिल्मका लेखक प्रदिप भारद्धाज र निर्माताले कागजी सम्झौता गरेका थिए।

Chaka Panja

कोरोनाको समयमा नेपालमा चलेको डिजिटल प्लेटफर्म टिकटकमा अभिनय गरेर चर्चामा आएकी गरिमाले दर्जनौ म्यूजिक भिडियोमा काम गरेकी छन्। उनले अभिनय गरेका भिडियोहरुले थप उनलाई चर्चामा पुर्याएको थियो। अभिनयमा बलियो पकड बनाएकी गरिमाले घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’बाट डेब्यु गरेकी थिइन्।

यो फिल्ममा गरिमासँगै अभिनेताद्वय सौगात मल्ल र आसिफ शाहको मुख्य भुमिका रहने छ। सिमोस सुनुवारले निर्देशन गर्ने यो फिल्ममा लागनी सन्तोष गौतमले गर्नेछन्। मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्ममा ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा बन्न लागेको बताइएको छ। यो फिल्मको शीर्षकबाटै पनि कमेडी फिल्म बन्न लागेको हो भन्ने प्रष्ट हुन्छ। फिल्मकोआगामी पुष १ गतेबाट छायांकन सुरु हुने निर्माण पक्षको भनाई छ।

Leave A Reply

Your email address will not be published.