काठमाडौं :
फिल्म ‘ह्रस्व दीर्घ’ले देशभर दर्शकको साथ पाएको छ। अधिकांश हल हाउसफुल देखिएका छन्। फिल्म हेरेका अधिकांश दर्शकले सकरात्मक प्रतिक्रियाहरु दिइरहेका छन्।
शुक्रबार बिहान साँढे १० बजेको बिग मुभिज्मा कलाकार तथा पत्रकारहरुले फिल्म हेरेका थिए। अभिनेत्री गौरी मल्लले फिल्म हेरिसकेपछि असाध्यै राम्रो बनेको प्रतिक्रिया दिइन्।
‘पहिलो कुरा त हरिहर र नीतालाई बधाई। यति राम्रो सिनेमा लिएर आउनु भएको छ,। मौका पनि रहेको छ नेपाली सिनेमाहरु चलिरहेका छन्,’उनले भनिन्,‘सिनेमा भन्ने बितिक्कै सिनेमाको एउटा फ्रेम हुन्छ।’
उनले फिल्म म्युजिक खिचाइँ,अभिनय लगायत सबै कुरा राम्रो रहेको बताईन्।
फिल्म हेर्न हलमा पुगेका अभिनेता शिवहरी पौडेलले फिल्म सुरुदेखि अन्तिमसम्म नै राम्रो बनेको प्रतिक्रिया दिए। उनले फिल्मको तारिफ गर्दै भने,‘फिल्म सुरुदेखि अन्तिमसम्म यति राम्रो बनेको छ,रिच बनेको छ।कथावस्तु पनि त्यहि किसिमको बनेको छ। दुई देशको यो कलाकारको समिश्रण नै मन पर्यो।’
गौरी मल्ल,शिवहरी पौडेल मात्र होइन। यो फिल्म खेलेका र हेरेका किरण केसीलाई पनि फिल्मले छोएको बताए। निर्देशक दीपाश्री निरौलाले फिल्मको सिनेमाटोग्राफी ए वान रहेको बताईन। हलको अगाडिको सिटमा बसेर फिल्म हेरेकी दीपालाई फिल्मको खिचाई मन परेको सुनाईन्।
‘सिनेमाटोग्राफी ए वान छ। यो सबै भनिरहदाखेरि यो कलाकारको पफमेन्सले तानेको हो हामीलाई,’उनले नीताको तारिफ गर्दै भनिन्,‘ म नीताको छ एकान छ बाट नै फ्यान भइसकेको थिए। नीता पर्दामा आउने बितिक्कै के होला के होला भन्ने फिल गराउँछ।’
फिल्म हेर्न आएका अधिकांश कलाकार तथा पत्रकारहरुले फिल्मको तारिफ गरेका थिए।
यो फिल्ममा फिल्ममा नेपाली र दक्षिण भारतीय कलाकारहरुको जम्बो टिमले नै काम गरेका छन्। साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंह लगायतको अभिनय छ भने नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल लगायतको अभिनय छ । यो फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन्।
चन्द्र पन्तको निर्देशन हरिहर अधिकारी र नीता ढुङ्गानाको निर्माणमा बनेको यो फिल्ममा हरिहर र नीता नै मुख्य भुमिकामा देखिएका छन्।