सुचना, समाचार र मनोरन्जन

सुन्दर बस्याल तनहुँ–२ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फका आकांक्षी

तनहुँ,

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) तनहुँ–२ का सभापति सुन्दर बस्याल आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधि सभा निर्वाचन (प्रत्यक्षतर्फ) को आकांक्षी उम्मेदवारका रूपमा उभिएका छन्। तनहुँ क्षेत्र नं. २ मा समाजसेवा र नेतृत्व क्षमता भएका व्यक्तित्वहरूको नाम चर्चामा छ। तीमध्ये सुन्दर बस्याल हाल सबैभन्दा अघि देखिएका हुन

एनसिडिए (NCDA) तनहुँका वरिष्ठ उपाध्यक्ष, लायन्स क्लबका अग्रणी लायन्स लिडर, तथा स्वास्थ्य क्षेत्रमा २० वर्षभन्दा बढी समर्पित सामाजिक व्यक्तित्व सुन्दर बस्याल विभिन्न सामाजिक संघ–संस्था र स्वास्थ्यसँग सम्बन्धित अभियानहरूमा सक्रिय रहँदै आएका छन्। जनस्वास्थ्य, सेवा र सचेतनाका क्षेत्रमा उनले पुर्‍याउँदै आएको योगदान उल्लेखनीय मानिन्छ।

निष्कलंक छवि, अनुभव र सेवाभावका कारण बस्याललाई आज जनताले जिम्मेवार नेतृत्वका रूपमा हेर्दै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) तनहुँ–२ का सभापति समेत रहेका उनी जनताको दुःख–सुखमा सदैव साथ दिने, परिणाममुखी कार्यशैली अपनाउने र राजनीतिको केन्द्रमा ‘सेवा’ लाई राख्ने व्यक्तित्वका रूपमा परिचित छन्।

समाजसेवा, सुशासन, स्वास्थ्य र पारदर्शी विकासका स्पष्ट दृष्टिकोणसहित सुन्दर बस्यालले तनहुँ–२ का मतदाताबीच बलियो विश्वास निर्माण गर्न सफल भएका छन्। यही विश्वासका आधारमा उनी प्रतिनिधि सभा (प्रत्यक्षतर्फ) का आशालाग्दा आकांक्षी उम्मेदवार का रूपमा सशक्त रूपमा अघि बढिरहेका छन।

फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा तनहुँ–२ मा सेवाभाव, नेतृत्व क्षमता र सामाजिक योगदानका आधारमा सुन्दर बस्याललाई ‘भरोसालाग्दो नेतृत्व’ का रूपमा जनताबीच बढी चर्चा–परिचर्चा भइरहेको छ !

Leave A Reply

Your email address will not be published.