सुचना, समाचार र मनोरन्जन

एमाले अध्यक्ष ओलीसँग भेटेपछि रिमाले खेलिन् टेबुलटेनिस्

काठमाडौँ :

अहिले सामाजिक सञ्जालमा अभिनेत्री रीमा विश्वकर्माले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटको चर्चा चलेको छ्। रिमाले बिहिबार बालकोटस्थित निवासमै पुगेर ओलीसँग भेट गरेकी थिइन्।

Chaka Panja

ओलीसँग भेटेको जानकारी दिँदै उनले भेटका केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जहाँ उनी ओलीसँग चिया गफ देखि टेबुल टेनिस खेलेर रमाइलो गरेको समेत देखिन्छ ।

‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रै’छ । नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला । तर व्यक्ति ‘केपी बा’ चै वास्तवमै प्रभावशाली लाग्यो,’ ओलीसँग भेटको तस्बिरका साथ उनले लेखेकी छन्,‘परिवर्तन रुचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसाथ गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला ।’

ओलीले पनि विश्वकर्मासँगको भेटको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्बिरसँगै सबैलाई नमस्कार, शुभ बिहानी । तपाईँहरू पनि चियाको आनन्द लिनुस् है । गुड फ्राइडे ।’

Leave A Reply

Your email address will not be published.