ललितपुर :
अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस ‘भिभाचीु भित्र्याएको छ। कुपण्डोलको होटल हिमालयमा आयोजित एक समारोहमा नेपाली फिल्म क्षेत्रका तीन लोकप्रिय अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले उक्त डिभाइसको अनावरण गरेका हुन्।
समारोहमा अभिनेत्री केकी अधिकारी तथा रेखा थापाले आफूहरु समय मिलाएर यसै साता भिभाची प्रविधिको प्रयोग गरेर आफ्नो छालालाई थप स्वस्थ बनाउने धारणा व्यक्त गरे। समारोहमा ढिला गरि उपस्थित अभिनेत्री शाहले पनि आफू पनि उक्त प्रविधिको सेवा लिन इच्छुक रहेको धारणा व्यक्त गरिन्।
अनोभा स्किन एण्ड हेयर क्लिनिककी सञ्चालिका वरिष्ठ छाला रोग विशेषज्ञ डा।स्मृति श्रेष्ठले यो डिभाइस नेपालमा ल्याउन ठूलो मेहनत गर्नु परेको बताइन् । डाक्टर श्रेष्ठका अनुसार भिभाची उपकरण एउटा माइक्रो निडलिङ प्रकयाद्वारा छाला तथा कपालको उपचार गर्ने प्रविधि हो। उनका अनुसार भिभाची एउटा उन्नत माइक्रो निडलिङ प्रविधि हो, जसमा रेडियो फ्रिक्वेन्सी ऊर्जा र साना सुईहरू प्रयोग गरी छाला तथा कपालको पुनर्निर्माण गरिन्छ। यो उपचार छालाको गहिराइमा पुगेर कोलाजेन उत्पादन बढाउने, चाउरीपन हटाउने, दागधब्बा कम गर्ने तथा छालालाई टाइट बनाउने कार्य गर्छ।
डा.श्रेष्ठका अनुसार यो प्रविधि छालाका विभिन्न समस्याहरु सुधार गर्न प्रयोग गरिन्छ । उनका अनुसार छालाको कसिलोपन कोलाजेन उत्पादन बढाएर छालालाई टाइट बनाउँछ, चाउरी र फाइन लाइनहरू हटाउँदै बुढ्यौलीका संकेतहरू कम गर्छ, छालाको बनावट सुधार गरि छालालाई मोटो, चम्किलो र स्वस्थ बनाउँछ। उनका अनुसार यो प्रविधि एक्ने स्कारको लागि अहिलेसम्मकै एक उत्कृष्ट डिभाइस हो।
त्यस्तै, यसले छालाको पिग्मेन्टेशन र दाग हटाउने, अनुहारका दाग, स्ट्रेच मार्क्स र रंग असमानतालाई समेत सुधार गर्छ। त्यस्तै यसले तेलियापन र पोर्स सानो बनाउँदै छालाको तेल नियन्त्रण गर्छ र कपालको रौका प्वालहरू साना बनाउँछ। यसका साथै कपालको हेयर रिग्रोथका लागि भिभाचीलाई एक्सा्सम्ससंग प्रयोग गर्दा रिसर्च अनुसार कपालको डेन्सिटी तथा डायमिटरमा सुधार हुन्छ।
डा.श्रेष्ठका अनुसार भिभाची माइक्रो निडलिङका विभिन्न फाइदाहरु पनि छन्। जस्तै यो प्रविधिबाट गरिने उपचामा दुखाइ कम हुन्छ, टोपिकल एनेस्थेसिया (सुन्याउने क्रीम)प्रयोग गरिने भएकाले दुखाइ कम अनुभव हुन्छ। यसबाहेक छालामा उपचार गरेको केहि दिन भित्रै छालामा सुधार देखिन्छ र छिटो सामान्य अवस्थामा फर्किन्छ। डा.श्रेष्ठका अनुसार यो प्रविधि सबै प्रकारका छाला तथा कपालका लागि उपयुक्त छ।
उक्त प्रविधिको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै डा. श्रेष्ठले भिभाची माइक्रो निडलिङ एक सुरक्षित र प्रभावकारी छाला उपचार प्रविधि भएको तथा यसले स्वस्थ, चम्किलो र जवान देखिने छाला पाउन मद्दत गर्ने दावीसमेत गरेकी थिइन्। समारोहमा सोसल मिडियाका केही लोकप्रिय कन्टेन्ट क्रिएटरहरुले समेत यो प्रविधिको प्रयोगमार्फत आफ्नो छालालाई थप स्वस्थ्य बनाउने धारणा व्यक्त गरेका थिए। समारोहमा अनोभा स्किन एण्ड हेयर क्लिनिकको तर्फबाट केही स्टलहरु राखेर यो प्रविधिका साथै छाला तथा कपाल सम्बन्धि जिज्ञासा राख्नेहरुलाई परामर्शसमेत दिइएको थियो।