काठमाडौं :
अभिनेत्री रेखा थापा फिल्म ‘भाइटीका’को शीर्ष भूमिकामा अनुबन्ध भएकी छन्। उनलाई निर्माण टिमले हालै अनुबन्ध गरेको हो।यसअघि यो फिल्मको शीर्षमध्येको भूमिकामा अभिनेता विपिन कार्कीलाई निर्माण पक्षले अनुबन्धित गरिसकेको छ।
निर्माणपक्षका अनुसार रेखा र विपिन दाजुबहिनीको भुमिकामा रहने छन्। मर्मस्पर्शी कथावस्तुमा निर्माण हुन लागेको यो फिल्ममा रेखाले विपिनकी बहिनीको भूमिकामा अभिनय गर्दैछिन्। २० वर्षदेखि दाजु र बहिनीले तिहारमा भाइटीका लगाउन नपाउँदाको मर्मस्पर्शी कथालाई फिल्मको विषयवस्तु बनाइएको छ। यो फिल्म अर्को वर्षको तिहारमा प्रदर्शन हुनेछ।
दीपक वलीले निर्देशन गर्ने यो फिल्मको पटकथा महेश दवाडीको हुनेछ। रोहित अधिकारीको यो फिल्म निर्माण हुन लागेको हो। उनको अधिकारीको पछिल्लो फिल्म ‘माइतीघर’ दशैंको फूलपातीमा प्रदर्शन तयारीमा छ।
