काठमाडौं :
छायाँछवि क्रियशनको आयोजनामा प्रत्येक वर्ष हुने छायाँछवि तीज म्युजिक अवार्डको १२औं संस्करण शुक्रबार राजधानीको सुकेधारास्थित लेभीज गार्डेनमा सम्पन्न भएको छ।
तीज पर्वका अवसरमा सार्वजनिक गरिएका गीतहरूलाई मूल्यांकन गर्दै आयोजित कार्यक्रममा १८ विधामा अवार्ड, ६ सम्मान, र १ स्मृति पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
अवार्ड कार्यक्रममा रेखा शाहलाई उत्कृष्ट मौलिक तीज गीत गायिका र जुनु गौतमलाई उत्कृष्ट तीज गीत गायिका घोषित गरिएको छ। त्यस्तै, उत्कृष्ट तीज दोहोरी गायकको रुपमा रामचन्द्र काफ्लेले अवार्ड जितेका छन्। गत वर्षदेखि सुरु गरिएको छायाँछवि दिपाशा स्मृति पुरस्कार यसपटक मोडल सञ्चिता शाहिलाई प्रदान गरिएको छ। यो पुरस्कारसँग नगद रु ११,००० पनि प्रदान गरिएको थियो।
कार्यक्रममा गायिका गीता भट्टराई, सारीका घिमिरे, अञ्जु श्रेष्ठ, सौन्दर्यकर्मी संगीता राना मगर, अप्सना नेवा हायु र डायस्पोरा सम्मानअन्तर्गत अमेरिका निवासी गायिका शुशीला बस्नेत तिमिल्सीनालाई सम्मान गरिएको छ।
अवार्ड समारोहमा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका बन्दना, साहित्यकार, गीतकार, र कलाकारहरूको उपस्थिति थियो। कार्यक्रममा गायिका रेखा शाह र अञ्जु श्रेष्ठले गायन प्रस्तुति दिएका थिए भने आर्या कोइराला र डिम्पल नगरकोटीले नृत्य प्रस्तुत गरेका थिए।
अवार्ड संयोजक कृष्णा आचार्य ‘रोशनी’ र छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले कार्यक्रममा अवार्डको उद्देश्यबारे जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन दीपज्योति थापाले गरेकी थिइन्।
विजेताहरूको सूची (छोटो रूपमा):
-
उत्कृष्ट तीज गायिका: जुनु गौतम (‘आइपुग्यो तीज’)
-
उत्कृष्ट मौलिक तीज गायिका: रेखा शाह (‘मलाई क्या माया’)
-
उत्कृष्ट गायक (दोहोरी): रामचन्द्र काफ्ले (‘सोच सोच’)
-
इनकरेजमेन्ट अवार्ड (गायिका): पुजन काफ्ले (‘छड्के तिलहरी’)
-
उत्कृष्ट एरेन्जर: विपिन आचार्य
-
उत्कृष्ट छायांकन: मुकेश हुमागाई
-
उत्कृष्ट भिडियो निर्देशन: जेरी भण्डारी
-
उत्कृष्ट गीत लय (मौलिक): योगेश काजी
-
उत्कृष्ट शब्द (मौलिक): याम प्रसाद निउरे
-
विशेष पुरस्कार: सञ्चिता शाहिल (छायाँछवि दिपाशा स्मृति पुरस्कार)