सुचना, समाचार र मनोरन्जन

‘रिमै’को ट्रेलर सार्वजनिक, दयाहाङ राईको गाउँले संघर्षमय प्रेमकथा

काठमाडौं :

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ। यो सिनेमाको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्ट्याएको छ।

करीब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन्। रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई अझ रोचक बनाएको छ।

निर्देशक गुरुङले ‘रिमै’मा परम्परा, संस्कार र आधुनिक जीवनशैलीबीचको टकरावलाई प्रस्तुत गर्ने संकेत ट्रेलरमार्फत दिएका छन्। संवाद, छायांकन र ब्याग्राउण्ड म्युजिकले दर्शकलाई गाउँले परिवेशमा तानेको छ। यसअघि सार्वजनिक पोस्टर र टिजरले नै चर्चा कमाइसकेको ‘रिमै’ ट्रेलरले पनि दर्शकमाझ उत्साह जगाएको छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई,अर्पण थापा,रिश्मा गुरुङ,गौमाया गुरुङ, कविता आले मगर,माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन्। सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत,किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ।

Leave A Reply

Your email address will not be published.