सुचना, समाचार र मनोरन्जन
IVF New Banner

सन्तान जन्माउन किन उडिन् अमेरिका रेखा ?

काठमाडौं :

नेपालमा पछिल्लो समय भविष्य नदेखेपछि विदेशीने कलाकारको लर्को लामै छ। कोही छोराछोरीको भविष्य खोज्न अमेरिका लाग्छन् भने काही सन्तान जन्माउन । यहिबीचमा अभिनेत्री रेखा थापाले आफ्नो पहिलो सन्तानलाई जन्म दिनका लागि अमेरिका पुगेकी छन्।

Exchange and test

सन्तान जन्मिने मिति नजिकिदै गर्दा उनी अमेरिका उडेकी हुन्। उनी निकटका अनुसार सन्तानलाई अमेरिकामा जन्म दिन उनी केही दिन अगाडि मात्र अमेरिका प्रस्थान गरेकी हुन्। अब उनी अमेरिकामा करिव ५ महिना बस्नेछिन्।

अभिनेत्री रेखाले आफ्ना प्रेमी तथा व्यापारी बलराम शाहीसँग डेढ वर्ष अघि विवाह गरेकी थिइन् । अमेरिकन बासी रहेका बलरामको परिवार नै अमेरिकामा नै बसोबास रहेका छन्। रेखाले निर्माण गरेको फिल्म ‘उपहार’ फागुनको २५ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको डबिङको काम समेत रेखाले सकिसकेकी छन्।

Leave A Reply

Your email address will not be published.