काठमाडौं :
तीन महिना अघि अमेरिका पुगेकी अभिनेत्री तथा निर्देशक रेखा थापा नेपाल फर्कदै छिन्। गत फागुन ११ गते अमेरिकामा छोरीलाई जन्म दिएकी थिइन्। २ महिनाको छोरीलाई रेखा नेपाल फर्कन लागेकी हुन्।
स्रोतका अनुसार उनी हिजो बेलुका नेपाल आएकी हुन्। छोरी वैभवी राज्यलक्ष्मी शाही ठकुरीलाई लिएर नेपाल आउँदैछिन्। उनका श्रीमान बलराम ठकुरीले भने अमेरिकामा नै रहने स्रोतको भनाई छ। उनी बैशाख १८ गते नेपाल फर्कने हल्ला थियो । तर उनी २१ गते नेपाल फर्किएकी हुन्।
गत फागुनमा अमेरिका उडेकी रेखालाई बच्चा जन्माउन अमेरिका गएको आरोप लागेको थियो। उनकै पार्टीका अध्यक्ष अर्थात राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समेत उनलाई कटाक्ष हानेका थिए। उनी अभिनित पछिल्लो फिल्म ‘उपहार’गत फागुन २५ गते अलनेपाल रिलिज भएको थियो। जुन फिल्म रेखाको ५ वर्ष पछि प्रदर्शनमा आएको हो।