सुचना, समाचार र मनोरन्जन

‘दियो कलश’को भिडियो रिलिज

काठमाडौं :

लोकप्रिय गायिका गीता भट्टराई लोक दोहोरी, लोक पप तथा आधुनिक गीत–संगीत क्षेत्रमा चर्चित नाम हो। गायन कौशल राम्रो भएकै कारण एक पछि अर्को गीतले चर्चा बटुली रहेको अवस्थामा नयाँ सिर्जना ‘दियो कलश’को भिडियो गायिका भट्टराईको आफ्नै युटूव च्यानबाट सार्वजनिक भएको छ ।

Pach Pandav

रमेश परियारको शब्द, संगीत रहेको ‘दियो कलश’ गीतमा गायिका गीता भट्टराईलाई रमेश निर्दोषले स्वरमा साथ दिएका छन्। सुन्दर दृश्य कैद गरिएको भिडियोमा सुरेश कोह्ली,अस्मिता रणपाल आदिको साथमा गायिका भट्टराईलाई पनि देख्न सकिन्छ। अजय रेग्मीको छायांकन,अमित चापागाईंको सम्पादन रहेको भिडियो कुमार केसीले निर्देशन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.