सुचना, समाचार र मनोरन्जन

अहिलेसम्म सुटिङ नभएको फिल्म ‘बलिदान’दसैंमा रिलिज होला त?

काठमाडौं :

निर्माता तथा निर्देशक सन्तोस सेनले फिल्म ‘बलिदान’ निर्माणको घोषणा गरेको लामै समय भयो। उनले वान लाइन स्टोरी लेखेपछि फिल्मलाई आगामी दसैंमा ल्याउने हल्ला गरेका थिए। तर अहिलेसम्म फिल्म नबन्दा भने यो फिल्म दसैंमा नै आउँछ त भन्ने आशंक उत्पन्न भएको छ। कतिपयले फिल्मको प्रचारप्रसार गरिरहेका हुन भनेर कुरा काट्न थालिसकेका छन्। तर उन ीभने सुटिङ सेट निर्माण गर्दैछौँ पनि भन्दैछन्,कलाकारपनि खोन्दैछन्।

Pach Pandav

फिल्म कहिलेबाट छायांकन हुन्छ भन्ने कुरा समेत यकिन छैन। तर उनका बोलीले समाचार भरिन भने छोडेको छैन्। उनले फिल्मका लागि अभिनेता तथा निर्देशक बिराज भट्टका छोरा समीरलाई लिएको चर्चा छ। उनीहरुबीच कागजी सम्झौता भएको खबर बाहिरियो। तर अझै फिल्मको छायांकन नहुँदा हल्लाबाज सन्तोस सेन भन्न थालिएको छ।

यति मात्र होइन उनले एक्सनको सिन भएको हुनाले विराटनगर आसपासमा सुटिङ सेट नै बनाउन थालिएको जानकारी दिए। उनले फिल्मको निर्माणकार्य पुर्व निर्धारित समयमा रिलिज हुन नसके स्वीकार गरेका छन्। अब भने उनी छिट्टै फ्लोरमा निस्किने तयारीमा रहेका छन्। त्यस कारण उनी कलाकार छनोटको काम समेत गरिरहेका छन्। तर जे होस् फिल्म बलियो र राम्रो निर्माण गरेर कुरा काट्नेलाई सन्तोसले दसैंमा फिल्म निर्माण गरेर प्रदर्शन गर्न सकुँन् हाम्रो शुभकामना।

Leave A Reply

Your email address will not be published.