सुचना, समाचार र मनोरन्जन

‘उपहार : लाइफ टु जर्नी’ इण्ड–क्ल्याप,प्रदर्शन मिति घोषणा बाँकी

काठमाडौं :

रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’ को छायांकन ४७ दिनमा सकिएको छ। उनी आफैले अभिनय गरेको फिल्म ‘उपहार : लाइफ टु जर्नी’ इण्ड–क्ल्याप भएको हो।

फिल्मको छायांकन सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा रेखाले आफ्नो फिल्म ‘रुद्रप्रिया’ र ‘मालिका’भन्दा राम्रो बनेको प्रतिक्रिया दिएकी छन्। उनले अघिल्ला फिल्ममा इस्यु हाबी हुँदा समस्या आएको बताउँदै उपहारमा सुधारेको बताएकी छन्।

यो फिल्मको रिलिज मिति घोषणा नभएता पनि वर्ष प्रदर्शन हुन सक्ने अनुमान गरिएको छ। तर, निर्माण पक्षले यसबारेमा अहिले वितरकसँग छलफलमै रहेको बताइन्।

यो फिल्म दसैंको पूर्णिमाका दिन गीत रिलिज हुने छ भने सोही दिन प्रदर्शन मिति घोषणा हुन सक्ने रेखा बताउँछिन्।ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्ममा रेखा थापाका साथमा पूजा शर्मा, बेनिशा हमाल, समर्पणजंग कार्की लगायतको मुख्य भूमिका छ ।

Leave A Reply

Your email address will not be published.