काठमाडौँ,
सभामुख देवराज घिमिरेले संसद्मा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन ।
प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसदहरूले पार्टीका संरक्षक रेशम चौधरीलाई विना कारण पक्राउ गरी कारागार चलान गरिएको विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेपछि सभामुखले रुलिङ गरेका हुन
आजको बैठकको आकस्मिक समयमा सांसद रञ्जीता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे । त्यस्तै जनमत पार्टीका सांसद अब्दुल खानले संरक्षक चौधरी पक्राउ सम्बन्धमा सरकारले स्पष्ट जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताए ।
सभामुख घिमिरेले पर्सि बिहीवारको बैठकमा गृहमन्त्री रमेश लेखकले रेशम चौधरीको विषयमा सदनमा उपस्थित भएर जवाफ दिने जानकारी दिँदै सदनको कामकारबाही अघि बढाउन आग्रह गरे । चौधरी पक्राउका सम्बन्धमा गृहमन्त्री लेखकले जवाफ दिने सभामुख घिमिरेको जानकारीपछि आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको हो। –उज्यालो अनलाइन