सुचना, समाचार र मनोरन्जन

‘रिमै’ को शिर्षक गीतमा दयाहाङ–रिश्माको पुनर्मिलन

काठमाडौं :

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को शिर्षक गीत सार्वजनिक भएको छ। आगामी भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन्।

बुधबार सार्वजनिक गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको गीतमा रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ) स्वर छ। गुरुङ परिवेशमा तयार पारेको गीतको अडियो तथा भिडियोले दर्शकलाई उत्साहित बनाउने देखिन्छ। किनभने, लामो समयपछि यो सिनेमाबाट दयाहाङ राई र रिश्मा गुरुङ (काजी र मैंया) को जोडी पुनः पर्दामा हेर्न पाइने भएको हो। जसले दर्शकमा सिनेमाप्रति उत्साह थपेको छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन्।

सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ।

Leave A Reply

Your email address will not be published.