सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

आइकोनिक रिमझिम बल क्यान्डी बजारमा

पोखरा/

रिमझिम बलको पुन: लन्चको सुरुवात पोखरा बाट गरिएको छ, र छिट्टै यो क्यान्डी देशैभर उपलब्ध हुनेछ ।
सुजल फुड्स प्रा. लि. ले नेपालको सर्वाधिक प्रिय क्यान्डी मध्ये एक, रिमझिम बल, लाई पुन: बजारमा ल्याएको छ । सन् १९७६ मा पहिलो पटक ल्याइएको यो क्यान्डीको मिठ्ठो र पिरो स्वादको अनौठो मिश्रणले धेरैको बाल्यकाल यादगार बनाउन सहयोग गरेको थियो । यसलाई माया गरेर “ब्ल्याक बल” भनेर चिन्ने ग्राहकको  लागि यो क्यान्डीको मिठ्ठो पिरो स्वादले छुट्टै स्थान ओगटेको छ ।

समयसँगै, रिमझिम बललाई उपभोक्ताहरूले विभिन्न नामहरू जस्तै ब्ल्याकबल क्यान्डी, मिठ्ठो पिरो क्यान्डी, कालो मिठाई जस्ता नामहरू दिनुभयो, जसले यस क्यान्डीप्रतिको उहाँहरुको गहिरो सम्बन्धलाई प्रतिबिम्बित छ।

IVF Big

यो ओरिजिनल ब्ल्याक बल क्यान्डीलाई पुन: लन्च गर्दा हामीले यसको पुरानो स्वादलाई जस्ताको त्यस्तै राखेका छौं, त्यती मात्र हैन, क्यान्डीको आकार समेत ठूलो बनाइएको छ, जसले यो क्यान्डी खादाँको अनुभवलाई अझ धेरै संतुष्टि प्रदान गर्छ । अब तपाईंले ४. ५ ग्रामको यो क्यान्डी मात्र रू २.५ मा मज्जा लिन सकिनेछ ।

रिमझिम बल आकर्षक जार तथा प्याकेटमा उपलब्ध छ। जसमा यस क्यान्डीका विशेषताहरू स्पष्ट रूपमा देख्न सकिन्छ र पारदर्शी डिजाइनले जार तथा प्याकेटभित्रको सामग्रीलाई स्पष्ट रूपमा प्रस्तुत गर्छ। जारमा १५० पिस र प्याकेटमा ८० पिस स्वादिलो रिमझिम बल राखिएको छ । रिमझिम बल क्यान्डी अत्यन्तै सफा तथा सुरक्षित वातावरणमा विश्वकै अत्याधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको छ, जसले प्रत्येक पटक उपभोग गर्दा गुणस्तरीय उत्पादनको सुनिश्चितता गर्दछ। सुजल फुड्स प्रा. लि ले अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ठ फ्लेभर (स्वाद) हरूको प्रयोग गरेर रिमझिम बल उत्पादन गरेको, जसले स्वादमा निरन्तरता र गुणस्तर प्रदान गर्दछ।

रिमझिम बलको नयाँ मार्केटिङ अभियानले विगत र वर्तमानको गहिरो सम्बन्धलाई सम्मान गर्दै, पुराना प्रशंसक र आजका युवा पुस्तामा समेत ट्रेन्डिङमा रहेको पिरो स्वाद र प्रशंसकले दिएको नाम “मिठ्ठोपिरो क्यान्डी” र “ब्ल्याक बल” को ब्यानरमुनि रहेर यसको पुन्: लन्चिङका कार्यक्रम गरेको छ । पुन: लन्चले क्यान्डीको पुरानो स्वादको स्मृतिलाई पुन्: ताजगी गर्दै यसको फरक र तिक्खर स्वादलाई नयाँ पुस्तासम्म पुर्याउन र चखाउन मद्द्त गर्ने बिस्वास लिइएको छ । गत वर्षमा ओरेन्ज बललाई पुन: बाजारमा ल्याएपछी र विशेष गरी नयाँ र तिक्खर स्वादहरू लोकप्रिय हुँदै गइरहेको अवस्थामा, रिमझिम बललाई फेरी पनि बजारमा ल्याउने निर्णयले गति पाएको हो । यसको मिठ्ठो र पिरो स्वादको अद्वितीय मिश्रण, जसलाई विगतका पुस्ताहरूले निकै मन पराउनु भयो भने आजका नयाँ स्वाद खोज्ने पारखीहरुको लागी समेत उत्कृष्ट रोजाई पर्नेमा कम्पनी विस्वस्त छ । सुजल फुड्सले नेपालभरि हरेक व्यक्तिले फेरि यो आइकोनिक क्यान्डीको मज्जा लिन पाउने सुनिश्चितता गर्ने प्रतिवद्धता जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.