सुचना, समाचार र मनोरन्जन

मतदातालाई मतदानका लागि आयोगले दियो यी विकल्प

काठमाडौँ/

निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताहरूले सवारी चालक अनुमति पत्रका आधारमा पनि मतदान गर्न पाउने जनाएको छ ।

Chaka Panja

आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र अथवा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउन असम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेलले जानकारी दिइन् ।

उक्त दिन बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । उपनिर्वाचन अन्तर्गत मङ्सिर १६ गते ४२ स्थानीय तहका विभिन्न पदमा मतदान हुँदैछ ।

Leave A Reply

Your email address will not be published.