काठमाडौं :
कुनै समय एकदमै हिट भनेको बलिउड फिल्म ‘कृष’को पार्ट ४ बन्ने भएको छ। भारतिय समाचारका अनुसार यो फिल्ममा पुरानै हिरो ऋतिक रोशनले अभिनय गर्दैछन् । उनी यहीँ फिल्मबाट निर्देशकको रुपमा पनि डेब्यु गर्नेछन्।
सन् २०२६ को सुरुवातमा फिल्मको छायांकन हुने जनाइएको छ । यसमा बारेमा केहि दिनअघि राकेश रोशन आफैंले आदित्य चोपडासँग मिलेर फिल्म बनाउन लागेको जानकारी दिएका थिए।सन् २००३ मा ‘कोई मिल गया’बाट सुरु भएको ‘क्रिस’ भारतीय सिनेमाको सबैभन्दा ठूलो सुपरहिरो फ्रेन्चाइज हो। सन् २००६ मा ‘क्रिस’१३ मा ‘क्रिस ३’ रिलिज भएको थियो। यी तीनवटै फिल्मले बक्स फिसमा सुपर–डुपर हिट भएको थियो।
अहिले ऋतिक रोशन लगायतको टिमले ‘क्रिस ४’को स्क्रिप्ट तयार पार्न जुटेका छन्। राकेशले मिडियासँगको कुराकानीमा ‘क्रिस ४ को निर्देशनको जिम्मा मेरो छोरा ऋतिक रोशनलाई सुम्पिएको र यो फ्रान्चाइजी स्थापनादेखि नै आफुसँग बसेको, अनुभव गरेको र सपना देखेको बताए।