सुचना, समाचार र मनोरन्जन

नाकमाज को “संकोच” मा रोहन र अश्विनी(भिडियो सहित)

नेपाली सङ्गितिक क्षेत्रमा अर्को एउटा नेपाली पप मेलोडियस गित सार्वजनिक भएको छ ।
जापानमा रहेर नेपाली गितसङ्गित लाई निरन्तरता दिदै आएको “नाकामाज” ले उक्त गित सर्वजनिक गरेको हो । गीतमा दिवस र रबिको उत्कृष्ट शब्द संगीत र स्वरको संयोजनले प्रेमको गहिराइलाई निकै प्रभावकारी ढङ्गले प्रस्तुत गरेको छ।

गित को भिडियो को निर्माण भने अर्को प्रोडक्सन ले गरेको छ । भिडियो मा कथा लाई निकै सरल र उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ ।
रोहन र अश्विनी को अभिनय रहेको भिडियो को निर्देशन रोहन ले नै गरेका हुन भने ।उक्त गित को छायांकन र स्म्पादन र रंग सम्योजन अनुप गुरुङ्गले गरेका हुन । भिडियो को कथा सैलेश साजन को रहेको छ । उक्त गितको भिडियो “Nakamaz” युटुब च्यानलमा हेर्न सकिन्छ भने विभिन्न audio platform मा पनि गित सुन्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.