सुचना, समाचार र मनोरन्जन

‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो रोहित रुम्बाको ‘उफ यो मन’

काठमाडौं :

अमेरिका बोस्टन निवासी गीतकार साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहद्धारा निर्मित फिल्म ‘उफ यो मन’ सेन्सर पास भएको छ । सेन्सरमा सिनेमाले केन्द्रीय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको हो। यसको अर्थ यो फिल्म अब सबै उमेर समूहले हेर्न पाउनेछन् ।

Chaka Panja

उत्कृष्ट बनेको भन्दै सेन्सर सदस्यहरुले फिल्मको तारिफ गरेका छन्। ‘सेन्सर पदाधिकारीले हाम्रो सिनेमालाई मायाप्रेमको कथामा उत्कृष्ट सिनेमा निर्माण गर्नु भएको रहेछ भनेर तारिफ गर्नु भयो’, निर्माता अनु शाहले भनिन। अमेरिकाबाट प्रदर्शन सुरु गरेपछि मात्रै नेपालमा प्रदर्शन गरिने अनु शाहले जानकारी दिएकी छन्। उनी केहि दिन अघि अमेरिका समेत उडेकी छन्।

अनुराधा फिल्म्स इन्टर नेसनलको निर्माण रहेको फिल्ममा निर्देशक सुरज चन्दले निर्देशन गरेका छन् । फिल्ममा एसराज गराच, रोहित रुम्बा, यमी दाहाल, समित गिरि, दीपक क्षेत्री, पुकार गुरुङको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.