सुचना, समाचार र मनोरन्जन

पन्द्र वर्षपछि ‘खलनायक २’को निर्माण जुटे रोज राणा,कलाकार दोहोरी सम्भावना कमै

काठमाडौं :

रोज राणा २०७६ सालको सुपरहिट फिल्म ‘खलनायक’को दोस्रो श्रृंखला निर्माणमा जुटेका छन्। उनले हालै ‘खलनायक २’ निर्माणको तयारीमा जुटेका छन्।

Pach Pandav

शुक्रबार रोजले फिल्मका लागि निर्देशक चयन समेत छानिसकेका छन्। उनले प्रदर्शनरत फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्र पन्तलाई छानेको हुनु। यो फिल्ममा गोविन्द सिंह भण्डारीले निर्देशन गर्ने चर्चाकाबीच निर्माता राणाले पन्तलाई निर्देशनको जिम्मेजारी दिएका छन्। माघबाट सुटिङमा जाने तयारीसँगै शुक्रबार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत निर्माण टिमले लिइएको छ।

एक्सन र लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मकालागि कलाकार छनोट हुन भने बाँकी रहेको छ। अहिले कुन कलाकार खेल्ने हुन् या पुरानै कलाकारलाई निर्माण टिमले दोहो¥याउने हुन् निश्चित गरिएको छैन।

यसअघि ‘खलनायक’मा निखिल उप्रेती, विराज भट्ट र झरना थापा मुख्य भूमिकामा थिए भने राजेश हमालको विशेष भूमिका थियो। यो गीतका गीतमा दयाराम पाण्डेको गीत रचना राखिने छ। यसअघि फिल्म‘खलनायक’मा उनले लेखेको ‘मागेर पाउने भए म’ हिट भएको थियो। निर्माता रोज राणा प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री समेत रहेका छन्।

Leave A Reply

Your email address will not be published.