सुचना, समाचार र मनोरन्जन

रोटरी क्लब अफ नक्साल शक्तिको पाँचौँ इन्स्टलेसन तथा ह्यान्डओभर कार्यक्रम सम्पन्न

पोखरा,

रोटरी क्लब अफ नक्साल शक्तिको पाँचौँ इन्स्टलेसन तथा ह्यान्डओभर कार्यक्रम पोखराको अतिथि सुइट, लेकसाइडमा भव्य रूपमा सम्पन्न भएको छ।

गण्डकी प्रदेश सरकार, आर्थिक मामिला मन्त्रालयका सचिव डा. टोकराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आरआई डिस्ट्रिक्ट घद्दढद्द का असिस्टेन्ट गभर्नरहरू ९ब्न्क०, पोखरास्थित विभिन्न रोटरी क्लबका अध्यक्षहरू, वर्तमान तथा निवर्तमान पदाधिकारीहरू, रोटेरियनहरू तथा रोटरी क्लब अफ नक्साल शक्तिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा रोटरी वर्ष २०२५–२६ का निवर्तमान अध्यक्षबाट रोटरी वर्ष २०२६-२७ का नवनिर्वाचित अध्यक्ष कृष्ण पौडेल लाई औपचारिक रूपमा पद हस्तान्तरण ९ह्यान्डओभर० गरिनुका साथै नयाँ कार्यसमितिको इन्स्टलेसन सम्पन्न गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा। पाण्डेले रोटरीजस्तो सामाजिक सेवामूलक संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

सो अवसरमा च्याप्टर प्रेसिडेन्ट डा। लुना आर्यलले रोटरी इन्टरनेसनल तथा रोटरी क्लब अफ नक्साल शक्तिका उद्देश्य, गतिविधि र भावी योजनाबारे जानकारी गराउनुभयो। कार्यक्रममा गत वर्ष सम्पन्न भएका प्रमुख कार्यक्रमहरूको समीक्षा तथा चालु रोटरी वर्षमा सञ्चालन गरिने विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमहरूको संक्षिप्त प्रस्तुतीकरण पनि गरिएको थियो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य तथा रोटेरियन सन्तोष पोखरेललगायत पोखराका विभिन्न रोटरी क्लबका अध्यक्षहरू, वर्तमान तथा निवर्तमान पदाधिकारीहरू, आमन्त्रित अतिथिहरू र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूले नवनिर्वाचित अध्यक्ष कृष्ण पौडल एवं कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै रोटरीका सेवामूलक अभियानहरू अझ प्रभावकारी रूपमा अगाडि बढून् भन्ने विश्वास व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.