सुचना, समाचार र मनोरन्जन

रूपक र अनिश ‘तिमी छौ र पो म छु’ निशुको अभिनय

काठमाडौँ :

गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक गरिएको छ। शब्द र संगीत गायक पाण्डेकै रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् । गीत स्ट्यानवेल स्टुडियो लन्डनमा इञ्जिनियर मदन रेन म्याडीले रेकर्ड गरेका हुन्।

गीतमा एक प्रेमीले प्रेमीकाको कारण आफ्नो मनमा उठेको भावना पोखेका छन्। भिडियोमा मोडल निशु पौडेलको अभिनय छ। पौडेलको अलवा भिडियोमा गायकद्धोय पाण्डे र डोटेललाई पनि देख्न सकिन्छ।

Chaka Panja

यूकेका रमणीय स्थानहरु ह्विट्बी एबे, माम टोर र डनकास्टरका आकर्षक लोकेसनमा खिचिएको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोका छायांकन तथा निर्देशन सुमन श्रेष्ठले गरेका हुन्।

लण्डन निवासी मोडल निशु फार्मेसिष्ट हुन् भने रूपक डोटेल ‘प्रसाद’ फिल्मको चर्चित ‘बनकी चरी…’ गीतका गायक हुन्। गायक पाण्डेले यसअघि अञ्जु पन्त लगायत बिभिन्न चर्चित गायक गायिकासँगको सहकार्यमा ‘सुस्टारी’ लगायत थुप्रै गीत ल्याइसकेका छन्।

Leave A Reply

Your email address will not be published.