सुचना, समाचार र मनोरन्जन

१९ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन यही फागुन ३ गते हुने

पोखरा/
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२५, यही फाल्गुन ३ गते नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरामा हुने भएको छ । यस म्याराथनलाई सव्य र भव्य बनाउनको लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति नेपालमा र ६ वटा अन्तर्राष्ट्रिय समिति बनाएर काम अघि बढी रहेको छ ।

१९ औँ संस्करणमा आई पुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिँदै म्याराथन पुरा गर्नेछन्। सुरुवात पोखरा रङ्गशालाबाट हुनेछ भने समापन पोखरा–६ हल्लन चोकमा हुने छ।
सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुन लागेको सफल पोखरा अन्तर्राष्ट्रियता म्याराथनको मूल नारा “स्वास्थ्यको लागि,पोखराको लागि” रहेको छ । देशकै मोफसलमा हुने सबैभन्दा ठुलो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आइरहेको छ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले प्रथम विजेतालाई रु ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख, चौथोलाई ५० हजार, पाँचौँ लाई ३० हजार, छैटौँ लाई २० हजार, सातौँ लाई १५ हजार र आठौँ हुनेलाई १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै गण्डकी प्रदेशको खेलाडीहरूलाई प्रोत्साहन स्वरूप छुट्टै पुरस्कारको व्यवस्था पनि गरेको छ । साथै , महिला तथा पुरुष हाफ म्याराथन, १० कि.मि पुरुष तथा महिला, ५ कि.मि छात्र, छात्रा, भेट्टेरन ( उमेर ५० बर्स माथि), ह्विल चियर तथा दृष्टिविहीन तर्फका हरेक प्रतियोगितामा पनि पुरस्कार राखिएको छ ।

साथै, यस प्रतियोगितामा रन फर फन नामक श्रेणी पनि समावेश गरिएको छ, जसले सहभागीतालाई प्रोत्साहन गर्दै स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ। रन फर फन मा सबै उमेर समूहका सहभागीहरूले आफ्नो क्षमता अनुसार दौडिन सक्नेछन्।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अझ व्यापक बनाउन पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रा.लि. को सफल दूधको मुख्य प्रायोजन रहेको छ । साथै शारीरिक तन्दुरुस्ती र पौस्टिकतासंग सम्बन्ध राख्ने सफल दूधले पोखरा वासीको स्वास्थ्य र खेलको सम्बन्धलाई अझ प्रगाढ बनाउने कुरामा कम्पनी विश्वस्त छ । बिगत एक दशक देखि लगातार प्रायोजन गर्दै आइरहेको सफल दूधले उपभत्ताको स्वास्थ्य प्रतिको विश्वासलाई कायम गर्नको साथै पोखरा वासीको मन जित्न सफल भएको छ ।

फाल्गुन  ३ गते हुन गइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमासम्पूर्ण पोखरा बासीहरूलाई सहभागी भई “स्वास्थ्यको लागि,पोखराको लागि” दौडिन कम्पनीले आवहान गरेको छ।

Leave A Reply

Your email address will not be published.