सगरमाथाको तिब्बत क्षेत्रमा बाक्लो हिमपातका कारण पदयात्रा गरिरहेका सयौं पर्यटक फसेका छन् । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार हिमालमा असामान्य रूपमा भारी वर्षा र हिमपात हुँदा उनीहरु फसेका हुन् ।

बाक्लो हिमपातका कारण पदमार्ग अवरुद्ध भएकाले आरोही र तिनका सहयोगीहरु फसेको समाचारमा उल्लेख छ । प्रभावित क्षेत्रमा एक हजारभन्दा धेरै पर्यटक फसेको अनुमान गरिएको छ ।
चिनियाँ सञ्चार माध्यमका अनुसार हिमपातमा फसेकाहरूको उद्धारको काम भैरहेको छ । घटनापछि सगरमाथा वरपरका पर्यटकीय स्थलहरूमा टिकट बिक्री तत्कालका लागि रोकिएको छ ।