
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- असोज १९ गते सोमबार भगवानको दर्शन गरि राशिफल पढ्नुहोस
- किर्तिपुरदेखि कपनसम्म गुञ्जियो ‘अक्षरा’को प्रचार, २५० बढी साइकल यात्रीले निकाले र्याली
- कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै लोक तथा दोहोरी गीत प्रतिस्ठानकी अध्यक्ष रीता
- बाढीको पीडा समेटिएको गीत ‘खै कहा छ मेरो गाउँ ‘ सार्वजनिक
- फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित
- काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
- तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
- थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै
- अमेरिकामा रोजगारी संकट गहिरिँदै, ओहायोमा १४ हजार प्रभावित
- स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
काठमाडौँ,
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना तपाईँ हाम्रो सहकारीका ९० जनाले बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।
Prev Post