सुचना, समाचार र मनोरन्जन
IVF New Banner

जागिरको आवरणमा अनलाइन ठगी, सचेत रहन आग्रह

काठमाडौं/

विभिन्न सामाजिक सञ्जालमार्फत अनलाइन ठगी बढेपछि नेपाल प्रहरीकाे साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको छ।

Safal
IVF Post

ब्यूरोले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न प्रलोभनमा हुने अनलाइन ठगीबाट जोगिन आग्रह गरेको हो ।

ब्यूरोले भनेको छ, ‘फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्स एप, म्यासेन्जर, भाइबरलगायत प्लेटर्फमबाट अनलाइन जबको आवरणमा लिंकहरू पठाएर ठगी हुने गरेका घटनाहरू बढेका छन् ।’

यसका साथै इसेजा, खल्तीजस्ता वालेट तथा बैंकिङ/वित्तीय संस्थाबाट बोलेको भनेर ओटीपी मागी रकम ट्रान्सफर गर्नेसम्मका घटनाहरू वृद्धि भएको ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए । यस्ता क्रियाकलापबाट सचेत रहन ब्यूरोले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.