सुचना, समाचार र मनोरन्जन

सलमानको खराब वर्ष : ‘टाइगर ३’ र ‘फर्रे’ले पनि उकास्न सकेन

काठमाडौ :

बलिउड अभिनेता सलमान खानका अपेक्षित फिल्मले दर्शक कमाउन सकेन। उनी अभिनीत फिल्म ‘टाइगर ३’ र उनी आफैले निर्माण गरेको फिल्म ‘फर्रे’ दुवै बक्स अफिसमा कमजोर बने।

भारतिय मिडियाका अनुसार ‘टाइगर३’ले ५ सय करोड कमाईको प्रक्षेपण गरिएकोमा भारतमा मात्रै ३ सय करोड हाराहारी कमाउन सक्यो । निर्माण टिमले अपेक्षा गरेको भन्दै २ सय करोड कम कलेक्सन भयो। यता सलमानकै फिल्म ‘फर्रे’ले तीन दिनमा ३ करोड कमाउन नसकेको भारतिय मिडियाले जानकारी दिएका छन्।

‘सलमान खान फिल्म्स्’ले निर्माण गरेको यो फिल्मबाट सलमानकै भान्जी अलीजेह अग्निहोत्रीले डेब्यू गरेकी छिन् । जुन फिल्मलाई ५० लाखको ओपनिङ मिलेको थियो । फिल्म ‘फर्रे’लाई राष्ट्रिय अवार्ड विजेता सौमेन्द्र पाढीले निर्देशन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.