सुचना, समाचार र मनोरन्जन

अनमोलको ‘फर्की फर्की’ पोखरामा खिचिदैँ

काठमाडौं :

सुयोग गुरुङको निर्देशनमा तयार हुने फिल्म ‘फर्की फर्की’को पोखराबाट छायांकन थालिएको छ। सोमबार पारेर निर्माण टिमले पोखरामा सुटिङ सुरु गरेको हो। फिल्मको पहिलो दिन अभिनेता अनमोल केसीको सिन खिचिएिको छ।

Chaka Panja

निर्माण पक्षका अनुसार पोखरामा यो फिल्मलाई २५ दिनमा खिचेर सकिने छ भने बाँकी भाग काठमाडौं, मुस्ताङ,इन्डोनेसिया लगायत ठाउँमा छायांकन गरिनेछ। रोहित अधिकारी र ओम अग्रवालको निर्माणमा तयार हुने फिल्मा अनमोल केसीका अलवा जसिता गुरुङ, रवी काफ्ले, समृद्धी अर्याल,कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य, अर्नव घिमिरे, प्रेम पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

अनिरुद्र गिरी फिल्मका कार्यकारी निर्माता हुन् भने यो फिल्ममा मनोज वली र राजु न्यौपाने सह–निर्माताका रुपमा रहेका छन्। फिल्ममा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको कथा तथा पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहने निर्माण पक्षले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.