सुचना, समाचार र मनोरन्जन

दर्शकले मन पराएनन् ‘उडान’को टिजर,सार्वजनिक भएको २ दिनमा पनि हजार भ्युज पुग्न सकेन

काठमाडौं :

अमेरिकामा बसोबास गर्दै आएका नीरञ्जन पाण्डेको सर्ट फिल्म ‘उडान’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार यो फिल्मको टिजर सार्वजनिक गरेको हो।

Chaka Panja

टिजरमा प्रेम, रोमान्स र द्वन्द्वलाई चित्रित गरिएको छ। निर्माण टिमले ब्याकग्राउन्ड म्यूजिक सशक्त बनाउने प्रयास गरेको छ । अझ भनौं यो टिजरले दर्शकप्रति कौतुहलता जगाएको छ। अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, यूवराज थापा, ओमार कासाराज, राजु गिलानीको अभिनय रहेको यो फिल्म आगामी क्रिसमस रिलिज गर्ने निर्माण पक्षको तयारी छ।

निर्देशक पाण्डे स्वयंको सम्पादन रहेको फिल्ममा गायिका प्रविशा अधिकारी र सनुप पौडेललेगाएका छन्। फिल्मको टिजरले २ दिनमा पनि हजार भ्युज कटाउन सकेको छैन भने कमेन्ट पनि २ वटा मात्रै छ। त्यस कारण यो फिल्मलाई दर्शकले कति मन पराउँछन् भन्ने कुरा चाहि आगामी क्रिसमस कुर्ने पर्ने हुन्छ।

Leave A Reply

Your email address will not be published.