सुचना, समाचार र मनोरन्जन
jaar

सलोनको फिल्म ‘रंगी’को प्रदर्शन मिति तोकियो,फागुन २ मै हलमा लाग्ने

काठमाडौं :

पहिलो पटक निर्मातामा हात हालेका सलोन बस्नेतको फिल्म ‘रंगी’को प्रदर्शन मिति तोकिएको छ। निर्माण टिमले यो फिल्मलाई आगामी फागुन २ गतेबाट प्रदर्शन गर्न लागेको हो।

सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको रिलिज मितिसहितको पोस्टर र मोसन पोस्टर समेत सार्वजनिक गरेको हो। बुधबार निर्माण टिमले सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएपछि प्रदर्शकका लागि टुङ्गो लागेको हो। यस फिल्मका मुख्य कलाकार समेत रहेका सलोनले आफुले पहिलो पटक निर्माताको अनुभव गरेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफु निर्माता र कलाकार रहेको आफ्नु अनुभव सेयर गरेका छन्।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’को पोस्टरमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ। ग्रामीण बजारलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा आयुषी र सलोनलाई गम्भीर भावमा देखाइएको छ। उनीहरु के कारणले गम्भीर भए भन्ने जान्न फिल्म नै हेर्नुपर्ने हुन्छ।

त्यस्तै मोसन पोस्टरमा सलोन, आयुषी र ‘डेब्य’ नायिका नम्रता श्रेष्ठलाई देख्न सकिन्छ । नम्रता ‘मिस वर्ल्र्ड नेपाल २०२०’की विजेता हुन् । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ।

फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो। फिल्म ‘नेपाली बाबु’बाट बाल कलाकारका रुपमा पाइला चालेका सलोनले फिल्म ‘होस्टल’ देखि ‘हिरो’का रुपमा अभिनय गरेका हुन्। निर्देशन न्यौपानेले भने ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन्।

सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

Leave A Reply

Your email address will not be published.