Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- रेडक्रस कास्कीले गर्यो ४५ जनालाई व्यक्तिगत तथा संस्थागत सम्मान, थापाको ८५ औँ पटक रक्तदान
- लाहुरे समाजको परिवेश, मौलिक गुरुङ संस्कृति र मानवीय संवेदनालाई पर्दामा उतार्दै भदौ २६ मा आउँदैछ ‘पेन्सन पट्टा’
- ‘पार्वती’को टिजरबाटै दर्शक जित्दै नीता, अभिनयसँगै निर्देशनमा पनि अग्निपरीक्षा
- सृष्टि, नम्रता र नीतिको साथमा दिल श्रेष्ठ अभिनित फिल्म ‘माया भनेकै यस्तो होला’को रोमान्टिक गीत रिलिज
- दिव्यदेव, झरना र सुहाना फिचर्ड ‘बा : एक योद्धा’को शीर्ष गीतमा सन्तानका लागि बाको संघर्ष
- मुकुन, जानुका, श्रीकृष्ण र मेनुकाको प्रेम पहेली ‘लज्जावती’
- नीर शाह निर्देशित फिल्म ‘कमला मिस’को ट्रेलरमा शिक्षकको संघर्ष र मानवीय सम्बन्धको कथा
- Jokabet Casino UK brings new attention to casino contact options
- धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल
- नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री
सामाजिक सुरक्षा कोषमा ९४ अर्ब
काठमाडौँ,
सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।
कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।
कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम रु दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम रु २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दावी रकम रु २८ करोड ३५ लाख ९७ हजार र अवकाश दावी रकम रु १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रहेको छ ।
Prev Post